दफा २५१
सम्पत्ति मानिने

उपभोग गर्न, खरिद, बिक्री वा अन्य तवरले हक हस्तान्तरण वा कारोबार गर्न वा कुनै लाभ प्राप्त गर्न सकिने कुनै नगद, वस्तु वा कार्यलाई सम्पत्ति मानिनेछ ।

स्पष्टीकरणः: यस संहितामा अन्यथा व्यवस्था भएकोमा बाहेक “वस्तु” भन्नाले खरिद बिक्री गर्न सकिने भौतिक सम्पत्ति सम्झनु पर्छ ।